हिम पहिरोले बस्न नसक्ने भएपछि लाङटाङका सबै बस्ती खाली

हिम पहिरोले बस्न नसक्ने भएपछि लाङटाङका सबै बस्ती खाली

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,३१ बैशाख ।
भूकम्पको धक्काको कारण गएको हिम पहिरोले बस्न नसक्ने भएपछि रसुवाको लाङटाङ गाउं विकास समिति बस्ती अहिले पुरै खाली गराइएको छ । पूरै गाविसका बासिन्दालाई हेलिकप्टर मार्फत उद्धार गरी धुन्चे र काठमाडौं ल्याइएको हो ।

बैशाख १२ गतेको भूकम्पले लाङटाङ हिमालबाट ग्लेसियर खसेपछि सुन्दर गाउंको अस्तित्व नै मेटिएको छ । लाङटाङ हिमश्रृंखलाबाट अहिले पनि हिम पहरो आउने क्रम रोकिएको छैन । भूकम्पपछि गएको हिम पहिरोमा पुरिएर लाङटाङमा मात्र १ सय २८ जनाको मृत्यु भएको छ भने अझै १ सय ८६ जना बेपत्ता छन ।

रसुवाभरमा भने ५ सय ६४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धुन्चेले जनाएको छ । बैशाख १ गतेदेखि १२ गतेसम्म रसुवा प्रवेश गरेका ९ सय १२ जना बिदेशीहरुमध्ये ३ सय ५२ जनाको उद्धार गरिएको छ भने अझै ३ सय ५२ जना सम्पर्कमा नआएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ