काठमाडौँ, वैशाख ३१ –
गत वैशाख १२ गते र २९ गते गएको भूकम्पमा परी आठ हजार २५० जनाको मुत्यु भएको छ । गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १५४ र २९ गतेको पराकम्पनबाट ९६ जनाको मृत्यु भएको हो ।
२९ गतेको भुकम्पबाट २ हजार ५ सय ६३ जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ । २९ गतेको पराकम्पनबाट मध्य क्षेत्रमा ७९ जनाको मृूत्यु भएको छ । यसैगरी उपत्यकामा ११, पूर्व क्षेत्रमा ४ र पश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार हालसम्म पूर्ण क्षति हुने सरकारी कार्यालयको सख्या ६७३ र आंशिक क्षति भएका कार्यालयको सङ्ख्या एक हजार ७४२ रहेको छ ।
भूकम्पबाट सर्वसाधारणका चार लाख ७९ हजार ३०८ घर पूर्णरुपमा क्षति भएका छन् भने दुई लाख ६३ हजार २६ घर आंशिक क्षति भएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline