भूकम्पका कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित ।

भूकम्पका कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित ।

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, वैशाख ३१ ।

पछिल्लो भूकम्पका कारण कक्षा ११ र १२ को वार्षिक परीक्षा अनिश्चित भएको छ । वैशाख १२ को विनासकारी भूकम्पका कारण स्थगन भएको परीक्षा मंगलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो ।

यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा भूकम्पका कारण स्थगित भएको थियो भने आगामी जेठ १ गतेका लागि तय भएको कक्षा ११ को परीक्षा पनि स्थगन भएको थियो ।

उच्चमाध्यमिक शिक्षा परिषद्का परीक्षा उप–नियन्त्रक जयन्ती सत्यालले मंगलबारको भूकम्पबाट विद्यालयमा भएको क्षतिको बारेमा पुनः अध्ययन गरेर मात्रै नयाँ मिति तोक्ने विषयमा परीक्षा समितिले निर्णय गर्ने बताउनुभयो ।

आगामी जेठको मसान्तसम्म परीक्षाको नयाँ तालिका निर्धारण गर्ने बारेमा निर्णय हुन सक्ने उहाको भनाइ छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका अधिकांश विद्यालय भवनमा क्षति पुगेकाले शिक्षा मन्त्रालयले जेठ १५ सम्म पठन पाठन बन्द गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी