काठमाडौ, ३१ वैशाख ।
संकल्प प्रस्तावको प्रभावकारी कार्यन्वयनका लागि व्यवस्थापिका संसदद्धारा गठित राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विषेश समितिको पहिलो बैठक आज बस्दैछ । अपरान्न एक बजेपछि बस्ने समितिको बैठकले भूकम्प पिडितहरुको तत्कालिन राहत, पुनरस्थापना र दिर्गाकालिन पुनरबास तथा पुननिर्माणको अनुगमन सम्बन्धि कार्य विधि तय गर्ने बताइएको छ ।
समितिले आफ्नो कार्यविधि बनाएपछि थप कार्य अघि बढाउनेछ । भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्न र पिडितहरुको राहत, पुनस्थपना र पुनरनिर्माणका लागि सबै दल मिलेर काम गर्ने प्रतिवद्धता सहितको २७ बुदे संकल्प प्रस्ताव हिजो संसदमा सर्वसहमतिले पारित गरेको छ ।
उक्त प्रस्तावको सीघ्र र प्रभावकारी कार्यन्वयनका लागि सभामुख सुवास चन्द्र नेमवाङको अध्यक्षतामा हिजो गठन भएको विशेष समितिमा प्रधानमन्त्री सुशिल कोइराला, गृहमन्त्री वामदेव गौतम, कानुन मन्त्री नरहरि अचार्य का साथै भूकम्पबाट प्रभावित नभएका जिल्लाका सभासदहरु सदस्य रहेका छन् ।