यो सामान्य विपति होइन, सबैले सामना गरौं : प्रधानमन्त्री

यो सामान्य विपति होइन, सबैले सामना गरौं : प्रधानमन्त्री

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२९ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइरालाले यो प्राकिृतिक विपति सामान्य नभएको भन्दै सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नुपर्ने बताएका छन् ।

मंगलबार दिउँसो भूकम्प आउनासाथ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री कोइराला र गृहमन्त्री वामदेव गौतमले संयुक्तरुपमा पत्रकार सम्मेलनमा सहभागिता जनाए ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै सरकारले पीडितहरुको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कोइरालाले बताए ।

२६ जिल्ला प्रभावित : गृहमन्त्री

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीपछि मन्यव्य दिँदै गृहमन्त्री वामदेव गौतमले मंगलबारको भूकम्पबाट २६ जिल्ला प्रभावित भएको बताए ।

दोलखा र सिन्धुपाल्चोकमा धेरै क्षपित भएको र दिउँसो २ बजेसम्मको आँकडा अनुसार १६ जनाको मृत्य भएको ८४० घाइते भएको गृहमन्त्रीले बताएका छन् ।

तर, मृतक र घाइतको संख्या बढ्न सक्ने मन्त्री गौतमले बताएका छन् ।

इञ्जिनियरले बस्न नहुने भनेको घरमा नबस्न र अन्य घरमा सचेत भएर बस्न आग्रह गर्दै गृहमन्त्री गौतमले सबैलाई नआत्तिन आग्रह गरेका छन् ।

विज्ञहरुले भूकम्पपछि साना पराकम्पहरु जाने भनेकाले यसबाट नआत्तिन गृहमन्त्रीले सर्वसाधारणसँग अहाग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी