काठमाडौ, वैशाख २९
व्यवस्थापिका संसदको बैठक आज पनि बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा आज पनि सभासदहरुले संकल्प प्रस्तावमाथि आफनो धारणा राखिरहेका छन ।
उक्त प्रस्तावमा २ दिनसम्म छलफल गरेर पारीत गरीने भनिएपनि प्रस्तावमाथि बोल्ने सांसदको संख्या थपिएपछि बैठक लम्बिएको हो ।
संसद सचिवालयका अनुसार आज सांसदहरुले बोल्नेक्रम सकिए लगत्तै सबैको धारणलाई समेटेर संसदले संकल्प प्रस्ताव पारित गर्नेछ । प्रस्ताव पारित भएपछि सरकारले सोही अनुरुप पिडितलाई राहत र पुननिर्माणको कार्य अघि बढाउने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline