वर्षायामलाई ध्यानमा राखी राहत र पुननिमार्णको काम गर्नु पर्नेमा काग्रेस सभासदको जोड

वर्षायामलाई ध्यानमा राखी राहत र पुननिमार्णको काम गर्नु पर्नेमा काग्रेस सभासदको जोड

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,२९ बैशाख ।
केही दिनदेखी जारी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सदस्यहरुले जनहितका लागि सरकार प्रभावकारी बनाउनु पर्नेमा बताएका छन । आज बिहान नयाँ वानेश्वर स्थित संबिधान सभामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पुर्ब प्रधानमन्त्री तथा बरिष्ठ नेता शेरवहादुर देउवाले भूकम्प प्रभावित जिल्लाका गाउँ र शहरको अवस्था क्षतिग्रस्त भएकाले दिर्घकालिन निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

नेता देउवाले प्रभावित जिल्लाको अनुगमनमा त्यहाँका सर्वसाधारणले सरकारको उपस्थिती खोजेको भन्दै नेता सरकारका मन्त्रीलाई गाउँ गाउँमा पठाउन सरकारसंग आग्रह गर्नुभएको छ ।उहाँले तत्कालका लागि प्रभावितको वसोवासलाई त्रिपालले मात्र नहुने भन्दै वर्षायामलाई समेत ध्यानमा राखेर राहत र पुननिमार्णको काम गर्नु पर्ने बताउनुभयो ।

बैठक आजै सकिने भनिएपनि बोल्ने आकांक्षी धेरै भएकाले भोलि विहान पुन बैठक बस्ने बताइएको छ । सबैले बोलेपछि प्रधानमन्त्री एवं संसदीय दलका नेता सुशील कोइरालाले भोली जवाफ दिनुहुनेछ । संकल्प प्रस्ताव निर्माण अगावै बैठक नबोलाएर प्रधानमन्त्री कोइरालाले पार्टी पंक्तिको भावना बुझ्न नखोजेको सांसदहरुले आरोप लगाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी