काठमाडौ, २९ वैशाख ।
खोटाङको एक सय २२ वटा विद्यालय विनाशकारी भूकम्पबाट पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार एक सय २२ वटा विद्यालयको दुई सय ५५ कोठा पूर्णरुपमा ध्वस्त भएको छ ।
अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्न थालिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिनु भयो । क्षतिको विवरण आउने क्रम जारी रहेको यसको सङ्ख्या अझै बढ्न सक्ने भट्टराईको भनाई छ ।
तत्काल भवनहरुको मर्मतसम्भार नगरी विद्यालयमा पठन पाठन सुरु गर्दा २० हजार विद्यार्थी प्रत्यक्षरुपमा जोखिममा पर्ने भएका छन् । जिल्लाका चार सय ९३ सामुदायिक विद्यालयमा करिब ७५ हजार विद्यार्थी अध्ययनरत छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline