भूकम्प प्रभावितको राहत र उद्धारमा स्वयमसेवक परिचालन गर्ने सरकारको तयारी ।

भूकम्प प्रभावितको राहत र उद्धारमा स्वयमसेवक परिचालन गर्ने सरकारको तयारी ।

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ, २९ बैशाख ।

सरकारले भूकम्प प्रभावितको राहत, उद्धार र पुनर्निर्माणमा स्वयमसेवक परिचालन गर्ने तयारी गरेको छ । भूकम्प प्रभावित जिल्लामा स्वयंसेवक परिचालनका लागि कार्यविधि बनाउन युवा तथा खेलकुद मन्त्रालयले छलफल सुरु गरेको छ ।

कार्यविधिलाई आगामि मन्त्रिपरिषदको बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिनु भयो ।  हालसम्म आ आफ्नो हिसावले स्वयंसेवक परिचालन भएको बताउदै मन्त्री पौडेलले लामो समयसम्म स्वयंसेवा गर्नेहरुका लागि सरकारले एउटै छातामा ल्याउन कार्यविधि बनाउन बताउनु भयो ।

कार्यविधि बनेपछि स्काउट, गैरसरकारी निकाय, क्लबका प्रतिनिधिलाई भूकम्प प्रभावित क्षेत्रमा व्यवस्थित रुपमा परिचालन गरिने उहाको भनाई छ । कार्यविधिमा अल्पकालीन र दिर्घकालीन स्वयंसेवाका लागि दुई चरणमा विभाजन गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी