जेष्ठ १७ भित्र सबै विदेशी सेना फिर्ता हुने नेपाली सेनाद्धारा जानकारी

जेष्ठ १७ भित्र सबै विदेशी सेना फिर्ता हुने नेपाली सेनाद्धारा जानकारी

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बैशाख २८ काठमाण्डौं ।  american

Indian military personnel stand next to a military aircraft at Nepal's Tribhuvan International Airport a day after an earthquake, in Kathmandu, Nepal April 26, 2015. Rescuers dug with their bare hands and bodies piled up in Nepal on Sunday after the earthquake devastated the heavily crowded Kathmandu Valley, killing more than 2,200 people, and triggered a deadly avalanche on Mount Everest. REUTERS/Athit Perawongmetha  - RTX1ABT7

chinese

बैशाख १२ गतेको महाभुकम्प पछि नेपालमा उद्धार तथा राहत र उपचारका लागि आएका विदेशी सेनाहरु सबै आगामी जेष्ठ १७ गते भित्र फिर्ता भईसक्ने नेपाली सेनाले जनाएको छ ।
आज सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरी नेपाली सेनाका प्रवक्ता जगदिश चन्द्र पोखरेलले सो कुराको जानकारी दिनु भएको हो । विभिन्न ६ देशका सैनिक फर्किसकेको , ५ देशका सेनाले फर्कने मिति तोकेको र र बाकी सेनाले मिति नतोके पनि जेष्ठ १७ भन्दा उता नरहने बताउनु भयो ।
त्यसै गरी अब कुनै पनि देशको सेना नआउने प्रवक्ता पोखरेलले बताउनु भयो ।
भूकम्प पछि नेपालमा १८ देशका कूल ४ हजार १ सय ७५ सैनिक नेपाल आएका थिए । सरकारले अघिल्लै साता विदेशी सेनालाई फिर्ता हुन आदेश दिए पनि उनीहरु फर्किएका थिएनन् । खास गरी भारतीय सेनाले फर्कने विषयमा अटेर गरेको खबर सार्वजनिक भएको थियो ।
नेपालमा अझै पनि ७ सय ४ जना भारतीय सैनिक रहेका छन् । आधा जति भारतीय सेना फिर्ता भईसकेको छ ।
भारतपछि धेरै विदेशी सैनिक चीनबाट आएका थिए। नेपाल आएका कूल ९ सय ४२ जना चिनियाँ सैनिकमध्ये हालसम्म ९८ जनामात्र स्वदेश फकिर्एका छन ्। बाँकी ८ सय ४४ चिनियाँ सैनिकले पनि मेको अन्तिमसम्म स्वदेश फकिर्ने बताएका छन् । सेनाका अनुसार नेपाल आएका २ हजार २ सय १६ विदेशी सैनिक स्वदेश फर्कन बाँकी छन् ।
घाइतेको उपचार र उद्धारका लागि नेपाल आई पूर्ण संख्यामा स्वदेश फकिर्नेमा मलेसिया, पोल्यान्ड, सिंगापुर, अल्जेरिया, बंगलादेश, स्पेन र श्रीलकाका सेना छन्। नेपाली सेनाका अनुसार मलेसियाबाट ४७, पोल्यान्डबाट ८१, सिंगापुरबाट १ सय ८२, अल्जेरियाबाट ७३, बंगलादेशबाट १९, स्पेनबाट ६० र श्रीलंकाबाट १ सय ४१ सेना नेपाल आएका थिए ।
पाकिस्तानबाट नेपाल आएका कूल ८४ सैनिकमध्ये हालसम्म ३५ जना फर्केका छन् । बाँकी ४९ जना पाकिस्तानी सैनिक जेठ १ गते स्वदेश फकिर्ने नेपाली सेनाले जनाएको छ । यस्तै, थाइल्यान्डबाट आएका ५४ सैनिकमध्ये १७ जना स्वदेश फकिर्सकेका छन् । बाँकी ३७ थाई सैनिक जेठ १ गते फकिर्ने कार्यक्रम तय भईसकेको छ ।
नेपालमा भारतीय सेनाले चीनीया हवाई सीमामा उडान गरेको , त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनावस्यक ईन्गेज गरेको जस्ता विभिन्न विषयमा आलोचना हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी