यस्तो प्राकृतिक विपत्तिको समयमा देशका ठूला दल र राष्ट्र हाँक्ने ठेक्का लिएको डङ्का पिट्ने दलहरुसमेत कानमा तेल हालेर बसे, मानौँ जनताप्रति उनीहरुको कुनै जवाफदेहिता नै छैन ।
जनता आहत भएको समयमा आपूmलाई जनताको पहरेदार भन्ने दलहरु सरकारले यसो गरेन, उसो गरेन भनेर दन्तवझानमा सीमित रहे । तर, नेकपा माओवादी भने यो परिस्थितिमा भिन्न ढंगले जनताको पक्षमा उभियो ।
भूकम्प गएको दिनदेखि नै माओवादीले उद्धारका लागि आफ्नो कार्यकर्ता ठाउँठाउँमा खटायो । माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता प्रकाण्ड र केन्द्रीय नेताहरु भूकम्प पीडितको सहयोगार्थ रक्तदान, सरसफाइ र पीडितलाई अस्थायी बासस्थान बनाउन भौतिक रुपले नै संलग्न भए । ज
नताको दुःखमा साथ दिँदै जनताको काँधमा काँध मिलाई उनीहरुलाई सुरक्षित राख्न अहोरात्र खटिएर ज्यादै प्रसंशनीय कार्य गरे ।
आपूmलाई ठूलो दल भन्ने र राजनेता भन्नेहरु प्राडो, पजेरो र हेलिकप्टरमा घुम्दै जनताको दुःखमा राजनीति गर्नेहरुले भने माओवादीको यो कार्यबाट सिक्नु जरुरी छ । जनतालाई सधैँ आफ्नो राजनीति सफल बनाउन जाल बुन्ने ती दल र नेताहरुले पक्कै पनि अब लाज मान्नुपर्ने बेला आएको छ ।
यदि आपूmलाई ठूलो दल र राजनेता ठान्ने हो भने अब जनतासामु जान नहिचकिचाई, जनताको साथमा रहेर जनताको दुःखमा मलम लगाउने काममा तुरुन्त लाग अनि मात्र जनताले तिमीहरुलाई ठूलो दल र राजनेता बनाउने छन् अन्यथा के हुन्छ त्यो भनिरहन पर्दैन, चेतना भया ।