काठमाडौं, २८ वैशाख ।
प्रधानमन्त्री सुशील कोइरालाका सल्लाहकारले भूकम्पपछि विभिन्न क्षेत्रबाट संकलित राहतको रुपमा प्राप्त हुने रकमको सदुपयोग र परिचालनबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कोइरालाका विकाश तथा सामाजिक सेवा सल्लाहकार विजनकुमार पन्त र प्रमुख स्वकीय सचिव बसन्त गौतमले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरेका हुन् ।
छलफलमा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेता राजेश हमाल, चिकित्सक तथा समाजसेवी सन्दु्रक रुइत, समाजसेवी महाबीर पुन, राष्ट्रियगानका रचनाकार तथा साहित्यकार ब्याकुल माइला समेत सहभागी थिए।
पछिल्लो समय सरकारको दैवी प्रकोप तथा राहत कोषमा विभिन्न संघ संस्था तथा दाताहरुले विभिन्न क्षेत्रबाट संकलित रकम जम्मा गर्न अनिच्छुक देखिए पछि सामाजिक अगुवा संग प्रधानमन्त्रीका सलाहकारले छलफल थालेका हुन् ।
सरकारी राहत कोषको रकम पीडितसम्म नपुग्ने पुगेपनि ढिलो र पुरा नपुग्ने गुनासो बढ्न थालेको छ । सल्लाहकार विजन पन्तले सरकारी कोषमा जम्मा भएको रकमको हरहिसाब जो कोहिले हेर्न सकिने गरि पारदर्शी हुने भन्दै सामाजिक अगुवाहरुसँग सरकारी कोषमा जम्मा गर्न सबैलाई भनिदिन आग्रह गर्नु भएको छ ।