संसद् बैठकमा संकल्प प्रस्ताव माथिको छलफल  जारी

संसद् बैठकमा संकल्प प्रस्ताव माथिको छलफल  जारी

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं,  २८ वैशाख ।

वैशाख १२ गतेको बिनाशकारी भूकम्पले निम्त्याएको संकटबाट उम्कन व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत भएको संकल्प प्रस्तावमाथिको छलफल दोश्रो दिन सोमबार पनि जारी छ ।

संकल्प प्रस्तावमाथिको छलफलमा सभासद्हरुले वर्षाको मौसम नजिकिएको भन्दै भूकम्पमा पीडितको अस्थायी बसोबासको उचित बन्दोबस्त गर्न सरकारको ठोस कार्यक्रम आउनुपर्ने धारणा राखेका छन् ।

छलफलमा सभासदहरुले हाल सरकारले उपलब्ध गराएको राहत नाम मात्रको भएकोले भरपर्दो र अनुभूति हुने खालको राहत प्याकेज ल्याउन माग गरेका छन् । भूकम्प प्रभावित जिल्लाका कतिपय गाबिसमा अहिलेसम्म राहत पाउन नसकेको भन्दै सबै प्रभावितहरुलाई समानरुपमा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

व्यवस्थापिका संसद्को शनिबारको बैठकमा भूकम्प प्रभावितलाई सरकारले घर निर्माण गरिदिनेलगायतका २७ बुँदे संकल्प प्रस्ताव पेश भएको थियो ।

भूकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संयुक्त रुपमा पेश गरेको संकल्प प्रस्तावको राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका २४ दलले समर्थन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी