रणवीर र कटरीनाले अर्को वर्ष विहे गर्ने

रणवीर र कटरीनाले अर्को वर्ष विहे गर्ने

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

वैशाख २८  ।

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कटरीना केफको विवाह अर्को वर्ष हुने भएको छ । लामो समयदेखि कटरीनासँग विवाह गर्ने विषयमा चुप रहँदै आएका अभिनेता रणवीरले अन्ततः मौनता तोडेका छन् ।

झण्डै चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका रणवीर र कटरीनाको विवाह हुनेरनहुने वा कहिने हुने भन्ने प्रश्नमा अब पूर्ण विराम लागेको छ । अभिनेता रणवीरले आन्नद बजार पत्रिकालाई दिएको अन्तर्वातामा अर्को वर्ष विवाह गर्ने बताएका हुन् ।

उनले भने ‘यो वर्ष हामी दुवै व्यस्त रहने भएकाले विवाहका लागि समय मिल्दै । तर आउँदो वर्षको अन्तिमसम्ममा विवाह बन्धनमा बाँधिने छौं । हामी दुवै यो विषयमा सहमत पनि भैसकेका छौं ।’

रणवीरले अगाडि भनेका छन् ‘अब हामी दुवै विवाहका लागि तयार छौं, अब पनि यो सम्बन्धलाई स्वीकार गरिएन भने यो यस सम्बन्धको अपमान हुनेछ ।’ अरुले के भन्छन् भन्नेमा आफूलाई कुनै चासो नरहेको रणवीरले बताए ।

उनले भने ‘म ३३ वर्षको भए र यो विवाहका लागि उपयुक्त उमेर हो ।’ आफूहरु दुवैका लागि यो निर्णय निकै महत्वपूर्ण रहेको र समझदारीमा निर्णय लिइएको रणवीरको भनाई छ । रणवीर र कटरीना केही समय अघि मुम्बइको बान्द्रा क्षेत्रमा एउटै घरमा बस्न सुरु गरेपछि विवाहको चर्चा चलेको थियो ।
– एजेन्सी

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी