काठमाडौं, वैशाख २८ –
सरकारले भूकम्प प्रभावित जिल्लाका किसानलाई निशुल्क धानको बीउ उपलव्ध गराउने भएको छ । आज राजधानीमा कृषि पत्रकार प्रतिष्ठानले गरेको अन्तर संवाद कार्यक्रममा कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले भूकम्पको कारण क्षतिमा परेका १४ जिल्लाका सबै किसानलाई निशुल्क रुपमा बीउ उपलब्ध गराउने तयारी गरिएकोे जानकारी दिनुभयो ।
सहप्रबक्ता सापकोटाले एक हप्ता भित्रमा एक लाख मेट्रिक टन रासायनिक मल, तरकारीको बीउ, कृषिका उपकरण, पाउडर दूध, बेबी फुड र गाई ल्याउने तयारी भएको बताउनु भएको छ । सरकारले सम्बन्धीत निकायलाई निशुल्क बीउ वितरणका लागि बजेट निकास गर्न पनि निर्देशन दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline