काठमाण्डौ ,२८ वैशाख । वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण भत्एिका संरचना हटाउने तथा सफाई अभियानले आज पनि निरन्तरता पाएको छ ।
बानेश्वर एकता समाजले भुकम्प पश्चात फैलन सक्ने महमारी लाई मध्यनजर गर्दै बानेश्वरमा आज सरसफाइ गरेको हो ।
समाज द्वारा आयोजना गरिएको कार्यक्रममा स्थानीय वासिन्दा , समाजसेवी , युवा ,बिद्यार्थी , सामुदायिक प्रहरी लगायतको सहाभागीता रहेको थियो ।
बिहान ७ वजे बाट सुरु भएको कार्यक्रमले बानेश्वरको १० र ३४ नं ओडा को विभिन्न ठाँउमा सफाई गर्नुका साथै जनचेता मुलक कार्यक्रमको आयोजना गरेको थियो । सफाई कार्यक्रम दुई घण्टा चलेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



