काठमाण्डौ ,२८ वैशाख । वैशाख १२ गते गएको भूकम्पबाट मृत्यु हुनेको सख्या ८ हजार ४६ जनाको मृत्यु भएको छ । १७ हजार ८ सय ५१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार मृतकमध्ये ७ हजार ९ सय ४१ को शव आफन्तलाई बुझाइएको छ । ३० वटा शवको पहिचान हुन बाँकी छ ।
घाईतेमध्ये ५ हजार ९ सय ९६ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी उपचार पछि घर फर्किएका छन् ।
त्यस्तै प्रहरीले भूकम्पपछि हराइरहेका स्वदेशी तथा विदेशी नागरिकको विवरण संकलन तथा खोजतलासका लागि छुट्टै डेस्क स्थापना गरेको छ ।
यसैबीच, आज पनि विहानैबाट भग्नावशेष हटाउने तथा राहत वितरणको कार्य सुरु भएको छ । स्थानीय प्रशासनले राहत वितरणमा सक्रिय विभिन्न संघसंस्थालाई वास्तविक पिडितसमक्ष पुग्न आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline