व्यवस्थापिका संसदको बैठक बस्दै ।

व्यवस्थापिका संसदको बैठक बस्दै ।

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौ, २८ बैशाख ।

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकमा भूकम्प प्रभावितको राहत र पुनस्र्थापनाका लागि व्यवस्थापिका संसदमा पेस भएको साझा संकल्प प्रस्तावमाथि सभासद्हरुले धारण राख्ने क्रम जारी रहने छ ।
भुकम्प प्रभावित जिल्लाका सदस्यहरुलाई संकल्प प्रस्तावमा धारणा राख्न पहिलो प्राथमिकता दिइए पनि अरु सभासद्हरुले समेत आफ्नो भनाइ राख्न चाहेकाले आज पनि सभासद्हरुको बोल्ने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।

यसअघि दुई दिन छलफल गरेर संकल्प प्रस्ताव पारित गर्ने भनिए पनि प्रस्ताव माथि बोल्ने सभासद्हरु बढी भएकाले आज पारित हुने संभावना न्युन रहेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

संसदमा पेश भएको प्रस्तावमा आवासविहीन भएकालाई नयाँ घर नबनेसम्म अस्थायी घर, डेरामा बस्ने र उद्योग व्यवसायी गर्नेहरुलाई राहत दिने उल्लेख छ । यस्तै नयाँ आवास नीति र एकीकृत वस्ती विस्तार योजना सरकारले बनाउनु पर्ने पनि संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी