सत्तारुढ दलका सभासद्धारा नै सरकारको बिरोध

सत्तारुढ दलका सभासद्धारा नै सरकारको बिरोध

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ ,२७ वैशाख ।

दुई साता बितिसक्दा पनि भुकम्प पिडितले राहत नपाएको भन्दै सत्तारुढ दलकै सभासदले सरकारको चर्को आलोचना गरेका छन् । बिपक्षी दलका सभासदले सरकारको आलोचना गरिरहदा आईतवारको संसद बैठकमा भने सत्ताधारी दलका सभासदहरु नै वर्तमान सरकारको बिरोधमा उत्रिएका हुन् ।

संसदमा शनिवार प्रस्तुत २७ बुदे संकल्प प्रस्तावमाथि आ आफ्नो धारणा राख्ने क्रममा सत्ताधारी दलकै सभासदहरुले सरकारप्रति आक्रोश ब्यक्त गरे ।

उनीहरुले दुई साता बितिसक्दा पनि पिडितले एउटा पाल सम्म नपाएका घटना बाहिर आईरहेको भन्दै सरकारसँग तत्कालै राहात पु¥याउनु पर्ने र मनसुन अघि अस्थायी भए पनि सुरक्षित आवासको व्यवस्था गर्न माग गरेका छन् ।

बैठकको सुरुमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसीले भूकम्प प्रभावित क्षेत्रमा जनधनको व्यापक क्षति पुगेको भएपनि हालसम्म पीडित परिवारले अत्यावश्यकीय राहत पनि नपाएको गुनासो गर्नुभयो । उहाले भूकम्प पीडितहरुले राहत महसुस गर्ने गरी सरकारले योजना नबनाएको आरोप समेत लगाउनुभयो । रकमान्तर गरेर भए पनि भूकम्प पीडितलाई राहत र पुनर्निर्माणको काममा खर्च गर्न माग केसिको माग छ ।

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा पुरै बस्तीहरु ध्वस्त भएको तर सिंहदरबार र बानेश्वरमा भूकम्प पीडितका लागि कुनै पनि ठोस योजना नबनेको भन्दै आपत्ति जनाउनु भयो । उहाले राहत वितरण भईरहेको भनेर सरकारले दाबी गरेपनि पिडितसम्म पुग्न नसकेको भन्दै आक्रोस व्यत्त गर्नुभयो ।

यस्तै, विपक्षी दल एकीकृत नेकपा (माओवादी) का सभासद अग्नि सापकोटाले राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोकमा पिडितको उदारका लागी हेलिकप्टर लिन युद्ध नै लड्नुपरेको भन्दै यो सरकारको निरिहता भएको तर्क गर्नुभयो । उहाले मृतक परिवारलाई तीन लाख, घर भत्किएका परिवारलाई पाँच लाख र सबै प्रभावितहरुलाई रु दश लाख उपलब्ध गराउन पनि ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी, सभासद हितराज पाण्डेले विद्यालयहरुमा तत्काल पढाइ सन्चालनको व्यवस्था गर्न, हरेक वडामामा स्वास्थ्य चौकी बनाएर औषधि उपचार गर्न, भूकम्पबाट संकटग्रस्त जिल्लासँग सीमा जोडिएका अरु जिल्लालाई पनि संकटग्रस्त सूचीमा राख्न, ऐतिहासिक धरोहरको सामानको संरक्षण तथा पुनर्निर्माण गर्दा नेपाली मौलिकतालाई ध्यान दिन माग गर्नुभयो ।

राप्रपाका सांसद राज्यलक्ष्मी श्रेष्ठले आफ्नो जिल्लाको अधिकाशं क्षेत्र भूकम्पले प्रभावित पारेका र हालसम्म राहत नपाएको भन्दै मनसुन अगावै बसोबासको व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा बोल्दै राप्रपा नेपालका सभासद विक्रमबहादुर थापाले विपदको समयमा सबै राजनीतिक दल मिलेर जाने भन्ने सहमतिले जनतामा सकारात्मक सन्देश प्रवाह भएको भएपनि राहत वितरण लगायतका बिषयमा देखिएको मतभेद उचित नहुने तर्क गर्नुभयो ।

सभासदहरुले सामान्य खालको पालले मनसुनलाई धान्न नसक्ने र वर्षा याममा भूकम्प पीडितहरु थप समस्या पर्ने भन्दै हरेक पीडित घरधुरीलाई तत्काल दुई बण्डल जस्तापाता उपलब्ध गराउन माग गरेका छन् ।

विद्यालय सञ्चालन गर्न देशका बिभिन्न स्थानमा क्षतिग्रस्त भवनहरु निर्माण, सुगम क्षेत्रलाई मात्रै राहत वितरणमा सहजता देखाईएको तर दुरदराजका पीडितले राहत सामग्री नपाउनुमा सरकारी संयन्त्रले ध्यान दिन नसकेको भन्दै आक्रोस पनि ब्यक्त गरेका थिए ।
सभासदहरुले बोल्न क्रम नसकिएकाले सोमबार पनि संसदीय दलको बैठक बस्नेछ ।

यसैबीच, काग्रेस संसदीय दलमै पार्टिसँग राम्रो समन्वय नगरेको तथा भुकम्पपीडितको उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको आलोचना भएको छ । भूकम्प प्रभावित जिल्लाका काग्रेससभासदहरुले पिडितले अझै पनि राहत पाउन नसकेको भन्दै सरकारलाई छिटो व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका थिए ।
काग्रेस सभासद्हरुले अब हुने पुननिर्माण काममा बिषेश ख्याल गर्न प्रधानमन्त्री एवं सभापति सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । काग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बैठकपछि बोल्दै पीडितहरु अझै समस्यामा रहेको तर प्रभावकारी काम हुन नसकेको भन्ने सबै सभासदहरको चासो रहेको बताउनुभयो ।उहाले राहतको काममा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सरकारको आलोचना गर्नेमा नुवाकोटका प्रकाशशरण महत, काभ्रेका कञ्चन वादे श्रेष्ठ, ललितपुरका मदन अमात्य लगायत सभासद्    थिए । उनीहरुले समयमा समन्वय नहँुदा उद्धार र राहत र्पुयाउने काममा सभासद्हरुलाई समस्या परेको गुनासो समेत गरेका थिए ।

बर्षायाम अघि नै पीडितलाई बसोबासको व्ययवस्था मिलाउन, राहत नपुगेका स्थनमा छिटो पठाउन, महिला बालबालिकाहरुको बिशेष हेरविचार गर्ने वातावरण मिलाउन सभासदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सबै प्रभावित जिल्लाहरुमा समान तरिकाले राहत वितरण गर्नुपर्नेमा सभासदको जोड छ । कुनै बढी र कुनै काम प्रभावित भनेर पीडितहरुलाई फरक व्यवहार गर्ने काम सरकारको तर्फबाट नगर्न पनि सचेत गराएका छन् । पार्टी केन्द्रिय समिति र संसदीय दलको बैठक नराखी सकंल्प प्रस्ताव ल्याएकोमा पनि सभासदले गुनासो गरेको सभासद रामकृष्ण यादवले बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री कोइरालाले सरकारको तर्फबाट व्यवस्थापनमा कमिकमजोरी रहेको स्वीकार्दै यसलाई ठूलो बिषय नबनाइकन अब पुनिनर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाले पीडितहरुलाई राहत र्पुयाउने र पुननिर्माण गर्ने काममा सरकार संवेदनशील भएर लागिरहेको पनि बताउनु भयो । सबै पार्टीहरु समेत एक ठाउँमा आएको अवस्थामा पार्टी भित्र एक अर्कामाथि आरोप लगाउन छाडेर सबै मिलेर काम गर्नुपनमा प्रधानमन्त्री कोइरालाको जोड थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी