काठमाण्डौ ,२७ वैशाख । भुकम्प पिपिडतको सहयोगका लागी आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकले २ करोड ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तारन्तरण गरेको छ । २ करोड आईएमई लिमिटेड बाट र ग्लोबल आईएमई बैंकबाट रु ५० लाख गरि दुई करोड ५० लाख हस्तानतरण गरिएको हो ।
बालुवाटार पुगी आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहयोग रकम प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । गत वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रभावित परिवारको उद्धार, राहत र पुर्नस्थापनाका लागी सो रकम सहयोग गरिएको ढकालले बताउनु भयो ।
आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंक राष्ट्रको भुकम्प प्रभावित नेपाली जानताहरुको पुर्नस्थापनाको लागि सदा कटीबद्ध रहने पनि उहाले प्रतिबद्धता जनाउनु भयो । सहयोग हस्तान्तरणका अवसरमा अर्थ मन्त्री डा. रामशरण महत, गभर्नर डा.चीरञ्जीवी नेपालको पनि उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंकका उप–प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बजार प्रर्वदन प्रमुख डेनियल डी. श्रेष्ठको पनि सहभागीता थियो ।
आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकद्धारा छुट्टाछुट्टै रुपमा सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, रसुवा, चित्लाङ्ग, ललितपुर, र्रि्किर्तपुर, सतुन्गलजस्ता भुकम्प प्रभावित क्षेत्रमा चामल, दाल, नुन, चाउचाउ, त्रिपाल, टर्चलाइट, औषधि तथा थप राहत सामग्रीहरु वितरण गरिदै आइएको छ । समूहले ५ प्रभावित जिल्लामा ५ वटा विद्यालय बनाउने प्रतिवद्घता पनि जनाएको छ।
एनआरएन युरोप संयोजक श्रेष्ठद्धारा राहत वितरण
नेपालमा जन्मिएर बिदेशमा बिभिन्न पेष व्यावसाय गरी बसेका नेपालीहरुबाट पनि भुकम्प पिडितलाई सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले बेल्जियमबाट नेपाल आई आफैले पिडितलाई पाल लगायतका राहत सामग्री वितरण गर्नुभएको छ ।