भुकम्पबाट प्रभावित मध्ये १३ जिल्लामा आर्थिक राहत पठाईयो

भुकम्पबाट प्रभावित मध्ये १३ जिल्लामा आर्थिक राहत पठाईयो

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ ,२७ वैशाख ।
भुकम्प प्रभावित बिभिन्न जिल्लामा राहत वितरण गर्ने कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।त्यसका लागी शनिवार भुकम्पबाट प्रभावित मध्ये १३ जिल्लामा आर्थिक राहत पठाएको आईतवार बिहान गृहले जानकारी दिएको हो ।
गृह मन्त्रालयले पठाइएको रकमको विवरण निम्नानुसार रहेको छ–

१. जिल्ला प्रशासन कार्यालय, दोलखा– रु. ५ करोड
२. जिल्ला प्रशासन कार्यालय, रामेछाप– रु. ७ करोड
३. जिल्ला प्रशासन कार्यालय, पाल्पा– रु. १ करोड
४. जिल्ला प्रशासन कार्यालय, लमजुङ– रु. १ करोड
५. जिल्ला प्रशासन कार्यालय, तनहुा– रु. १ करोड
६. जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु– रु. १ करोड
७. जिल्ला प्रशासन कार्यालय, चितवन– रु. ५० लाख
८. जिल्ला प्रशासन कार्यालय, मनाङ– रु. ५ लाख
९.जिल्ला प्रशासन कार्यालय, पर्वत– रु. ५० लाख
१०. जिल्ला प्रशासन कार्यालय, धनकुटा– रु. १५ लाख
११. जिल्ला प्रशासन कार्यालय, रुकुम– रु. ५ लाख
१२. जिल्ला प्रशासन कार्यालय, म्याग्दी– रु. ५ लाख
१३. जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गा– रु. २ करोड
सो रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनस्र्थापनाका लागि उक्त रकम खर्च गरिने जनाईएको छ । माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यो प्राम्भिक राहत रकम भएको बताउनुभयो । थप रकम निकासा हुनेबित्तिकै अन्य प्रभावित जिल्लामा पनि पठाइने र रकमको वितरण न्यायोचित तवरले गरिने उहााले बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी