काठमाडौ २७ वैशाख ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । विनाशकारी भूकम्पले पुर्याएको क्षति पछि राहत र पुनरस्थापना कार्यलाई एकतावद्ध भइ अघि बढाउने प्रतिवद्धता सहित संसदको हिजोको बैठकमा पेश भएको संकलप प्रस्तावमाथि आजबाट छलफल सुरु हुदैछ । आज र भोली संसद बैठकमा छलफल भएपछि संकल्प प्रस्ताव अनुमोदन गर्ने संसद सचिवालयले जनाएको छ ।
संकल्प प्रस्तावमा भूकम्प पिडितलाई अस्थायी वासस्थानको व्यवस्था, घाइतेको निशुल्क उपचार, मृतकका परिवारलाई राहत रकम वितरण लगायतका विषय समेटिएको छ । राहत र पुनरनिर्माण कार्यको अनुगमनका लागि संसदीय समिति गठनको प्रस्ताव पनि गरेको छ ।
प्रस्ताव माथि हुने दलगत छलफलमा भूकम्प प्रभावित जिल्लाका सभासदले बोल्न पाउने गरी प्राथमिकता निर्धारण गरेको छ । संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline