काठमाण्डौ , २७ बैशाख ।
भारतको मद्रासबाट तीन लाख ५० हजार तारपोलिन (प्लास्टिक पाल) किन्न उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राखेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकमा समर्थन जुट्न सकेन।
आफ्नो मन्त्रालयअन्तर्गत नपर्ने भए पनि सहरी विकासमन्त्री नारायण खड्कालाई गृहअन्तर्गतको दैवी प्रकोप कोषबाट रकम निकासा दिई मद्रासबाटै किन्न उनले बैठकमा प्रस्ताव गरेका थिए।
प्रतिगोटा १३ सय भारुमा पाइने भन्दै ४५ करोड ५० लाख भारु (७२ करोड ८० लाख नेरु) को खरिद प्रस्ताव सहरी विकासमन्त्री खड्काले भारतस्थित नेपाली दूतावासलाई बुझ्न लगाउने भन्दै तर्काएका थिए
सहरी विकासमन्त्री खड्काले मन्त्रालयले पनि योजना तयार गरिसकेको जिकिर गरेर गृह मन्त्रालयअन्तर्गत सबै काम लैजाने प्रयासको विरोध गरेका थिए। सरकारले दुई खर्ब रुपैयाँको पुनर्निर्माण कोष घोषणा गरिसकेको छ।
उनलाई आपूर्तिमन्त्री सुनीलबहादुर थापाले समर्थन गर्दै पाकिस्तानमा भूकम्पपछि विदेशी प्रतिबद्धताअनुरूप रकम नआउँदा अप्ठेरो परेको उदाहरण पेस गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline