काठमाडौ, २७ वैशाख ।
शिक्षा विभागले भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको प्राविधिक निरीक्षणका लागि विज्ञ इन्जिनियर सम्मिलित टोली प्रभावित जिल्लामा पठाउदैछ । १० ओटा समुह बनाएर आजबाट निरीक्षणका लागि जिल्ला पठाउन लागिएको विभागले जनाएको छ ।
भूकम्पबाट मुलुकभरका नौ हजार विद्यालय र ११ हजार भन्दा बढी कक्षा कोठा पूर्ण रुपमा ध्वस्त भएको प्रारमिभक तथयांक विभागले संकलन गरेको छ । ती मध्ये कस्ता विद्यालय र कक्षकोठामा पढाउन मिल्ने र कस्तामा नमिल्ने निक्र्योल गर्न टोली खटाउन लागिएको विभागले जनाएको छ ।
इनजिनियरहरुले दिएको प्रतिवेदनका आधारमा विद्यालयको पुनरनिर्माण तथा मर्मतसम्भार अघि बढाइने विभागका वरिष्ठ इन्जिनियर युवाराज पौडेलले बताउनु भयो । जिल्ला शिक्षा अधिकारीहरुले क्षतिग्रस्त विद्यालयको प्रारम्भिक विवरण पठाइसकेको बताउनु हुदै उहाले विवरणको वास्ताविकता अध्यायनका लागि टोलीलाई प्रभावित क्षेत्र पठाउन लागेको जानकारी दिनु भयो ।
विभागका अनुसार भूकम्पबाट देशभर ४१ जिल्लाका विद्यालयका भवन भत्किएका छन् । धादिङ, गोरखा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रसुवा लगायत १४ जिल्लाको विद्यालयमा सबै भन्दा बढी क्षति पुगेको छ ।