काठमाण्डौ ,२६ वैशाख । बैशाख १२ गते आएको बिनाशकारी भुकम्पमा परी मृत्यु हुनेको सख्या ७ हजार ९ सय १३ पुगेको छ भने १६ हजार ३६ जना घाइते भएका छन् । नेपाल प्रहरीबाट प्राप्त जानकारी अनुसार उपत्यकामा १ हजार ७ सय १३, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५ हजार ७ सय २९, पश्चिम क्षेत्रमा ४१६ र मध्य पश्चिम क्षेत्रमा २ जनाले ज्यान गुमाएका छन् । यस्तै घाइते हुनेहरुमा उपत्यकामा ९ हजार २२, पुर्व क्षेत्रमा ३२७, मध्य क्षेत्रमा ५ हजार ४ सय ७२, पश्चिम क्षेत्रमा १ हजार १ सय ९१, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।
साथै भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जना छन् ।
मृतक मध्ये उपत्यकामा १६८३, पुर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५६८५, पश्चिम क्षेत्रमा ४१५ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७८३५ को मात्रै सनाखत भएको छ ।
यस्तै, घाइते मध्ये १४० नेपाल प्रहरी , सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जना रहेका छन् भने २५४ नेपाली नागरिक ,बिभिन्न देशका बिदेशी पर्यटक १११ र १ जना प्रहरी वेपत्ता छन् । हराएकाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
भुकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२७३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३२ गरी जम्मा ४१६३४९ भौतिक संरचनाहरु क्षती भएका छन् ।