सिम्रौनगढ घटना छानबिन समितिको म्याद १५ दिन थप

सिम्रौनगढ घटना छानबिन समितिको म्याद १५ दिन थप

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, २६ वैशाख  । सिम्रौनगढ घटना छानबिन समितिको म्याद १५ दिन थप भएको छ । शनिवार बसेको व्यवस्थापिका संसद बैठकले बारा जिल्लाको सिम्रौनगढमा घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि १५ दिन थप गरेको हो ।
संसदको बैठकमा उक्त समितिका सदस्य रेशम बहादुर लामाले म्याद थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएके थियो । व्यवस्थापिका संसदले मिति २०७१।६।२५ गते बारा जिल्लाको सिम्रौनगढमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न सभासद अतहर कमाल मुसलमानको संयोजकत्वमा एउटा विशेष समिति बनाएको थियो भने उक्त समितिका कार्यावधि निकै पहिले नै समाप्त भए पनि संसद बैठक नबसेकाले म्याद थप सम्बन्धी प्रस्ताव प्रस्तुत हुन सकेको थिएन ।
यस अघि संसदको आजको बैठकमा पनि पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई लगायत विभिन्न राजनैतिक दलका सभासदहरुले यही वैशाख १२ गते मुलुकमा गएको महा भूकम्पका विषयमा केन्द्रीत हुँदै आ–आफ्नो धारणा राखेका थिए भने संसद बैठक आजै आधा घण्टा पछि बस्ने गरि स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी