काठमाडौ, २६ बैशाख ।
भूकम्प पीडितहरुका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रमसहितको विशेष प्रस्तावलाई दलहरुले अन्तिम रुप दिंदैछन् ।
बैठकमा पेश गर्ने प्रस्तावलाई हिजो संसदमा सम्बोधन गरेका नेताहरुको धारणा समेतको आधारमा अन्तिम रुप दिन लागिएको हो । त्यसका लागि संसद भवन नयावानेश्वरमा अहिले छलफल शुरु भएको छ।
छलफलमा सबै दलले अघि सारेका प्रस्तावको साझा प्रस्ताव तयार पारिने छ । यसअघि हिजोको संसद बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
यसअघि आजै विहान संसदमा लैजाने संकल्प प्रस्तावका बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक पनि बसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline