काठमाडौ २६ वैशाख ।
व्यवस्थापिका संसदमा लैजाने संकल्प प्रस्तावका बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक बसिरहेको छ । संविधानसभा भवन नयाँबानेश्वरमा जारी बैठकमा संकल्प प्रस्तावमा समेटिने नितिगत विषयमा छलफल हुदैछ ।
संकल्प प्रस्तावमा दलहरुबीच सहमति जुटाउन बाँकी रहेकाले आज पुनः छलफलमा जुटेका हुन् । प्रस्तावमाथि सहमति जुटाइ आजको संसद बैठकमा पेश गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
यसैबीच आज बस्ने संसद बैठकमा भूकम्प पछिको अवस्थाका बारेमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टाराई लगायतले सम्बोधन गर्ने कार्यसुचि रहेको छ ।
यस्तै दलका नेताहरुले पनि भूकम्प पछिको अवस्थामा राहत र उद्धार लगायत सरकारी योजनाको विषयमा धारणा राख्ने भएका छन् । संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline