झापाका ३२ वटा विद्यालय भूकम्पबाट ध्वस्त ।

झापाका ३२ वटा विद्यालय भूकम्पबाट ध्वस्त ।

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठकाडौ, २६ वैशाख ।

गत वैशाख १२ को विनाशकारी भूकम्पका  कारण झापको ३२ ओटा विद्यालयमा क्षति पुगेको छ । हालसम्म ३२ वटा विद्यालयको भवनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनु भयो ।  कतिपय पुराना भवन ढल्ने अवस्थामा छन् भने नयाँ भवनमा पनि क्षति पुगेको छ ।

भूकम्पपछि जिल्लाका ३२ वटा विद्यालयले क्षतिको विवरण सहित पुनरनिर्माणका लागि आवेदन दिएको जिल्ला शिक्षा कार्यलय झापाले जनाएको छ ।  अधिकांश विद्यालयले तत्काल पुनरनिर्माणका लागि बजेट निकासा गरिदिन समेत माग गरेका छन् ।

यस्तै भूकम्पका कारण जिल्लाका विद्यालयमा भएको क्षतिको विवरण संकलन गरी बस्न योग्य भए नभएको जाँच गर्नका लागि चार जनाको प्राविधिक टोली परिचालन गरेको छ । इन्जिनियर सहितको प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रको आवश्यक अध्ययन गरेपछि बुझाएको प्रतिवेदनका आधारमा आवशयक कदम चाल्ने शिक्षा अधिकारी लुइँटेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी