काठमाण्डौ, २६ बैशाख ।
गत वैशाख १२ को विनाशकारी भूकम्पबाट उपत्यकाकोे क्षतिग्रस्त स्थानका भग्नावषेश हटाउने कार्य कार्य सुरु हुदैछ । उपत्याकाका १७ स्थानमा आज विहानबाट भग्नावषेश हटाउने कार्य सुरु भएको छ ।
सरकारका मुख्य सचिव लिलामणि पौडेलले आज विहानबाट क्षतिग्रस्त स्थानका भग्नावषेश हटाउने कार्यमा सम्पूर्ण सरकारी कर्मचारीहरुलाई सहभागी हुन निर्देशन दिनुभएको छ । उहाले आफुलाई पायक पर्ने स्थानमा गएर भग्नावषेश हटाउन सहयोग गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
विनाशकारी भूकम्पबाट हालसम्म दश हजार ७ सय ६१ सरकारी भवन तथा २ लाख ७९ हजार २ सय ५४ सर्वसाधारणको पूर्णरुपमा क्षति भएका छन् । गृहमन्त्रालयले दिएको जानकारि अनुसार क्षतिग्रस्त भवनहरुको विवरण संकलन कार्य जारि रहेकाले क्षतिग्रस्त भवनहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यस्तै भुकम्प पिडितहरुलाई राहत वितरण तथा उद्धार कार्य आज पनि जारि रहेको गृहमन्त्रालयले जानकारि दिएको छ ।