भारतको एक अदालतले शुक्रबार भारतीय चलचित्रका ठूला कलाकार सलमान खानलाई यसअघि करिब एक दशक अगाडि मादक पदार्थ खाएर गाडी चलाइ दुर्घटना गरी भागेको मुद्दामा दोषी प्रमाणित गरिएकोमा पुनरावेदन दिँदा त्यसको सुनुवाईसम्म जमानमा रिहा गर्ने आदेश दिएको छ ।
खानलाई बुधबार सन् २००२ मा मुम्बईमा गाडी चलाएर पाँच मानिसलाई कुल्चेको र एकको मृत्यु भएको घटनामा दोषी ठहर गरी पाँच वर्षको कारावासको सजाय तोकिएको थियो ।
न्यायाधीश अभय थिप्सेले मुम्बई उच्च अदालतले खानको पुनरावेदनमा जुलाइदेखि सुनुवाइ गर्ने बताउनुभएको वकल आभा सिंहले बताए ।
न्यायाधीशले खानलाई ३० हजार भारतीय रूपैयाँ धरौटीमा राख्न आदेश दिएको बताइएको छ । उनन्चास वर्षीय खान बलिउडका लोकप्रिय कलाकार मानिनुहुन्छ र उहाँले २७ वर्षको कलाकार जीवनमा हिन्दी भाषाका ९० वटाभन्दा बढी चलचित्रमा काम गर्नुभएको छ । एपी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline