बैशाख २५ काठमाण्डौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा पठाउनका लागि युवाहरुको उद्धार तथा जनसेवा कार्यदल निर्माण गर्ने भएको छ ।
मोहन वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको आकस्मिक विस्तारित वैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा जनसेवाका लागि कार्यदल निर्माण गरी तत्काल मुख्य प्रभावित जिल्लाहरुमा परिचालन गर्ने निर्णय गरेको माओवादी महासचिव रामबहादुर थापा ‘बादल’ले जानकारी दिनुभयो ।
भूकम्प आएर भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार लगभग पूरा भइसकेको अवस्थामा विदेशबाट आएका उद्धार टोलीलाई र्फकन सरकारले गरेको आग्रहको वेवास्ता गरिएकोमा माओवादीले आफ्नो ध्यानाकर्षण गराएको छ ।
तथा केन्ऽीय कार्यालयको वैठकपछि महासचिव बादलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पले ऐतिहासिक सम्पदाहरुमा क्षति भएको र त्यस्ता सम्पदाहरुको चोरी, हुने हराउने तथा अलपत्र पर्ने प्रवल सम्भावना भएकाले भन्दै विशेष संरक्षण गर्न पार्टी जोडदार माग गर्दछ,’ महासचिव वादलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।