भुकम्पबाट ज्यान गुमाएकाको सम्झनामा कलाकर्मीद्धारा द्धिप प्रज्वलन

भुकम्पबाट ज्यान गुमाएकाको सम्झनामा कलाकर्मीद्धारा द्धिप प्रज्वलन

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

महाभुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा कलाकर्मीहरुले मैनवत्ति बालेर तीन मिनेट मौनधारण गरी शोक मनाएका छन् । उनीहरुले गत वैशाख १२ गते गोरखाको बार्पाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भुकम्पमा परि असामयिक रुपमा ज्यान गुमाएकाहरुको सम्झनामा  मृतकहरुको आत्माको चिरशान्तिको कामना गरेकाहुन् ।

प्रज्ञाप्रतिष्ठानमा फिल्मकर्मी, संगीतकर्मी, नाट्यकर्मी तथा संचारकर्मीहरुले संयुक्त रुपमा भूकम्पमा मृत्यू भएका ७ हजार बढीको नाममा शोक धुन बजाएर तीन मिनेट मौनधारण गरेका थिए । मृतकहरूको सम्झनामा प्रतिष्ठानको डबलीमा मैनबत्तीबाट हार्दिक श्रध्दाञ्जली लेखिएको श्रद्दा सुमनमा नेपाली कलाकारहरुले हातमा लिएका मैनबत्तीले प्रज्वलित गरेका थिए। सो कार्यक्रममा भर्खरै कलाक्षेत्रमा प्रवेश गरेका नयाँदेखी पुराना कलाकर्मीहरुको उपस्थिति थियो ।

मृतकहरुको चिरशान्तिको कामना गर्दै चलचित्र क्षेत्रका हस्तिहरु करिश्मा मानन्धर, रेखा थापा, झरना थापा, नम्रता श्रेष्ठ, कोमल वली, केदार घिमिरे(माग्ने बुढा), वील्सन विक्रम राई, इन्दिरा जोशी लगायत कलाकर्मीहरुको सहभागीता थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी