काठमाण्डौ ,२५ वैशाख ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा –माओवादीले भुकम्प पिडितहरुका क्षति ग्रस्त घरको पुनर्निमाण तथा भत्कीएका संरचनाबाट हराएका सामानहरुको खोजी गरि सहयोग गर्ने कामलाई निरन्तरता दिएको छ । सो पार्टिका नेताहरुले भुकम्पले अति प्रभावित क्षेत्रको अवलोकन गरि पिडितलाई सहयोग गरिरहेको हो ।
यसैक्रममा आज नेकपा –माअोवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव नेतृत्वको टोली भुकम्पले अति प्रभावित गोरखा जिल्लाको अवलोकनका लागि आज त्यस तर्फ गएको छ । आज दिउसो गोरखा पुगेर प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नु हुने माओवादीले जनाएको छ ।
महासचिव विप्लव सहित प्रवक्ता खड्ग बहादुर विश्वकर्मा पनि गोरखा जानुभएको छ । . भुकम्प प्रभावितको उद्धार, राहत र पुननिमार्णमा सक्रिय माओवादीले प्रभावित १२ जिल्लामा विभाजन गरी २ सय युवा स्वयसेवक खटाएको छ ।