भुकम्प पिडितलाई राहत दिने बिषयमा तीन दल बिभाजीत

भुकम्प पिडितलाई राहत दिने बिषयमा तीन दल बिभाजीत

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ ,२५ वैशाख ।भुकम्प पिडितलाई राहत दिने बिषयमा पनि मुख्य तीन दलबीच बिबाद देखिएको छ । नेपाली काग्रेस ,नेकपा एमाले र एमाओवादिबीच व्यबस्थापिका संसदमा पेश गर्ने संकल्प प्रस्तावबारे सहमती जुट्न नसकेको हो ।

संकल्प प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिन वालुवाटार स्थित प्रधानमन्त्री निवासमा आज बिहान कंग्रेस एमाले र एकीकृत माओवादीबीच छलफल भएपनि सहमति हुन सकेन ।

सत्तारुढ दलले संकल्प प्रस्ताव राख्दा राज्यको श्रोतले धान्नेगरि ल्याउनुपर्ने धारणा राखेका छन् भने विपक्षी एकीकृत माओवादीले मृतक परिवारलाई ३ लाख रुपैयाा, अपाङ्ग भएकालाई १ लाख, घर पूर्ण क्षती भएकालाई १० लाख र आंशिक क्षती भएकालाई ५ लाख रुपैयाा उपलव्ध गराउनुपर्ने माग गरेको छ ।
तीन दलबीच सहमती नजुटेपछि अहिले बसिरहेको सर्वदलीय बैठकमा तीनै दल आ आफ्नै अडान सहित सहभागी भएका छन । सर्बदलिय बैठकबाट सुझाव संकलन गरी मस्यौदालाई अन्तिम रुप दिइने बताइएको छ । दिउासो बस्ने संसद बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले संकल्प प्रस्ताव पेश गर्ने कार्यक्रम छ । प्रमुख तीन दलबीच सहमति नजुटेपनि प्रस्तावको मस्यौदा सर्वदलीय बैठकमा भने पेश गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी