भूकम्पका कारण मृत्यु हुनेको संख्य ७ हजार ८ नाघ्यो ।

भूकम्पका कारण मृत्यु हुनेको संख्य ७ हजार ८ नाघ्यो ।

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, २५ वैशाख ।
बैशाख १२ गते गएको भुकम्पबाट हाल सम्म मृत्यु हुनेको सङख्या ७ हजार ८ सय ८५ पुगेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले दिएको जानकारी अनसार १५ हजार ९ सय ४४ जना घाइते रहेका छन् । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्य ३ हजार ३५ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा १ हजार २ सय १०, नुवाकोटमा ९ सय ५०, धादिङमा ७ सय २, रसुवामा ४ सय ५९, गोर्खामा ४ सय १२ र काभ्रेमा ३ सय १७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै भक्तपुरमा ३ सय १४, ललितपुरमा १ सय ७४, दोलखामा ७५, मकवानपुरमा ३३, रामेछापमा २७, सोलुखुम्बुमा २२, ओखलढुंगामा १९ र सिन्धुलीमा १० जनाको मृत्यु भएको छ ।

मृतकमध्ये ७ हजार ७ सय ७९ शवलाई आफन्तको जिम्मा लगाइएको र १ सय ६ जना शव बुझाउन अझै बााकी रहेको छ । यस्तै भूकम्पमा परी ३ सय ६६ जना सम्पर्क बिहिन छन् । जसमध्ये २ सय ५५ जना नेपाली र २ सय ११ जना विदेशी नागरिक रहेका छन् । यस्तै भुकम्प पिडितहरुलाई रतहत वितरण तथा उद्धार कार्य आज पनि जारि रहेको गृहमन्त्रालयले जानकारि दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी