संसद अधिवेशनको आज दोस्रो दिन ।

संसद अधिवेशनको आज दोस्रो दिन ।

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ, २५ वैशाख ।
व्यवस्थापिका संसदको हिउँदे अधिवेशनको दोस्रो दिन आज भूकम्प पिडितहरुको पुनरस्थापनाका लागि सरकारले संकल्प प्रस्ताव पेश गर्दैछ । दिउँसो एक बजे पछि बस्ने अधिवेशनमा प्रधामन्त्री शुसिल कोइरालाले सरकारका तर्फबाट प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएके छ ।

यस्तै राहत तथा पिडितको पुनरस्थापनाका लागि सरकारले गरिरहेको पहलबारे गृहमन्त्री वामदेव गौतमले संसदमा जानकारी दिनु हुनेछ । त्यस लगत्तै दलका शिर्ष नेताले त्यसमाथि टिप्पणी गर्ने र प्रभावित जिल्लाका सभासदले आफ्नो जिल्लाको अवस्थाका बारेमा संसदलाई जानकारी गराउने कार्यक्रम रहेको छ । सरकारले पेश गरेको प्रस्तावमा केही दिन छलफल भएपछि पारित हुनेछ ।

यसैबीच संकल्प प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिन प्रमुख तीन दलको बैठक बालुवाटारमा बस्दैछ ।  बैठकले मस्यौदालाई अन्तिम रुप दिएपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सुझाव लिने एमाले अध्यक्ष भिम रावललले जानकारी दिनु भयो । साना दलको सुझाव पनि समेटी प्रस्तावको अन्तिम मस्यौदालाई दिउँसो संसदमा प्रस्तुत गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी