काठमाडौं, २४ बैशाख । गत बैशाख १२ गते शनिबारको महाभूकम्पले सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लाका मानिसको ज्यान लियो। महाभूकम्पपछि राहत वितरणमा सरकारदेखि निजी संस्था मात्र हैन मानिसहरु व्यक्तिगत रुपमा पनि जुटिरहेका छन् ।
यतिबेला निजी संस्था र व्यक्तिगत रुपमा पनि सबैभन्दा बढी राहत सिन्धुपाल्चोक नै पुगेको बताइएको छ । उद्धारमा जुटेका संस्थाहरु मध्ये राट्रिय पीडीत उद्धार परामर्श तथा साँस्कृतिक युवा समाजले पनि राहत वितरणमा सक्रिय रुपमा खटिएको छ ।
महाभूकम्पबाट प्रभावित जिल्लाहरु काठमाडौंको साखु, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा लगायतका जिल्लाहरुका विभिन्न स्थानमा संस्थाले २ सय बोरा चामल, चाउचाउ, नुन, चिनी लगायतका खाद्य सामाग्री वितरण गरेको ंस्थाका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिनु भयो ।
उहाँले स्थानिय निकायहरुको समन्वयमा राहत वितरण गरिएको र प्रभावित क्षेत्रहरुमा उद्दारकालागी सरकारले मात्र सम्भव नहुने हुदाँ सबै क्षेत्र उद्दार तथा राहत वितरणमा लाग्नुपर्ने बताउनु भयो ।
उहाले राहत दिने कार्यमा सबै सामाजिक संस्था र समुहहरु अझै सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।