ताप्लेजुङ्मा गाडी दुर्घटना ६ जनाको मृत्यु, १० घाइते

ताप्लेजुङ्मा गाडी दुर्घटना ६ जनाको मृत्यु, १० घाइते

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

ताप्लेजुङमा नगरपालिका ८ को धुसेनी छेउ ल्याङवामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १२ पुगेको छ । अधिकांश घाइते गम्भीर रहेको अस्पतालले जनाएको छ ।

पाँच जनालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल रेफर गरिसकिएको छ । थेचम्वु गाविसबाट सदरमुकाम फुङलिङका लागि विहीवार बिहान ६ बजे हिँडेको ग १ ज ५७२८ नंवरको गाडी दुर्घटना हुँदा सावादिन-९ कि ६५ वर्षीया देवीमाया कटुवाल, ताप्लेजुङ नगरपालिका-८ कि ३० वर्षीया निर्मला बराल गुरगाईं, थेचम्वु गाविस घर भई ताप्लेजुङ नगरपालिका-८ माइती भएकी ३१ वर्षीया टिका लिम्वु (सुनुवार), नगरपालिका-४ का ६४ वर्षकी रत्नकला सेनेहाङ, थेचम्वु-९ का १९ वर्षका सागर लिम्बू र डुम्रिसे- १ का ३१ वर्षीय सरन लिम्बूको मृत्यु भएको छ ।

गाडी सडकको पिलर समेत भत्काएर भिरबाट एक किलोमिटर तल झरेको छ । घाइते हुनेमा डुम्रिसे- १ का २३ वर्षीय सन्तवहादुर तामाङ, ७२ वर्षीया विष्णुमाया तामाङ, ७५ वर्षीय धनप्रसाद लिम्बू रहेका छन् । थेचम्वु-२ का १५ वर्षीय किरण लिम्वु, १९ वर्षिय सोलन लिम्बू, १५ वर्षीय मुकेश लिम्बू, घाइते भएका छन् ।

सावादिन- ३ का भीमवहादुर चालिसे, ९ का शान्तिराम कटुवाल, ताप्लेजुङ नगरपालिका- ८ कि ५ वर्षीया बिनु बराल, वडानम्वर ५ कि शान्ति लिम्बू, र सूर्य लिम्बू घाइते भएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । चालक इलाम-९ बाँजोका अर्जुन सिगु लिम्बू पनि घाइते छन् । पटक/पटक दुर्घटना हुने यो क्षेत्रमा बिहीबारको दुर्घटनाबारे केही खुलेको छैन । चालक अर्जुनले त्यहाँ आइपुग्दा अध्यारो देखेको र अाफूले केही पत्तै नपाएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी