काठमाण्डौ ,२४ वैशाख । वैशाख १२ गते गएको भुकमम्प ,त्यसबाट भएको क्षती तथा राहत र उद्धारका बिषयमा छलफल गर्न व्यावस्थापिका –संसदको बैठक आज बस्दै छ । अपरान्ह तीन बजेका लागी बोलाईएको बैठकमा साझा संकल्प प्रस्ताव पनि दर्ता हुने भएको छ ।
भुकम्पपिडितको राहत ,उद्धार र सहयोगका लागी संसदमा रहेका सबै दलका तर्फबाट साझा प्रस्ताव दर्ता हुने कार्यसुची रहेको संसद सचिवालयका सहप्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
यस्तै आजको बैठकमा दुईवटा शोक प्रस्ताव पारीत हुनेछ । भुकम्पका कारण निधन भएका पूर्वसभासद् चक्रबहादुर ठकूरीको निधनप्रति छुट्टै शोक प्रस्ताव पारीत हुने र भूकम्पबाट निधन भएका नागरिकहरुको अर्को शोक प्रस्ताव पारीत हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा समय अभाव भएमा भने भोली मात्रै साझा संकल्प प्रस्ताव पारितका लागी अर्को बैठक आह्वान गर्ने सचिवालयले बताएको छ । आज दलका नेताहरु , सरकारका तर्फबाट भूकम्पपीडित र भएको क्षति तथा उद्धारको बिषयमा संसद्लाई जानकारी गराउने कार्यक्रम रहेकाले सोि प्रस्तावका लागी समय अपुग हुन सक्ने सम्भावना रहेको सभामुख सुभास नेम्वाङले बताउनु भयो । नेम्वाङले हिजो प्रमुख दलका मुख्य सचेतकहरुसाग छलफल गर्नुभएको थियो ।