भुकम्पले यसरी ढल्यो त्रिभुवनको शालिक (फोटो फिचर )

भुकम्पले यसरी ढल्यो त्रिभुवनको शालिक (फोटो फिचर )

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

राजधानी काठमाडौंको दक्षिणपश्चिम प्रवेशद्धार थानकोटमा रहेको त्रिभुवन स्मारक पार्कको शालिक वैशाख १२ गते शनिवार ढल्दा एक जनाको मृत्यु भयो । चन्ऽागिरी पर्वतको काखैमा ढल्केको त्रिभुवन स्मारक पार्कले राजधानीबासी मात्र हैन धेरै आन्तरिक तथा बमह्य पर्यटकको रोजाईमा पर्ने गथ्र्यो ।

तर शाह वंशीय राजाको नाम जोडिएकै कारण राजधानीको केन्ऽबाट करिब ९ किलोमिटरको दूरीमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल निकै जिर्ण बनेको थियो । पार्कको लागि आवश्यक मर्मत सम्भार गर्न गणतन्त्र आएसागै बजेटमा कटौति गरिएपछि पार्क पार्कको रुपमा नभएर सामान्य पिकनिक स्पटको रुपमा परिवर्तित भएको छ ।
मुलुकमा शाही काल रहदाासम्म पार्कको लागि आवश्यक वजेट र समयानुकुल विकासका लागि पहल भएपनि लोकतन्त्र पछि ऐतिहासिक महत्वको स्थल वेवारिसै बन्दै गएको पार्कमा कार्यरत कर्मचारीहरु बताउाछन ।

पहिला बार्षिक करिव २५ लाख रुपैयाा पार्क संरक्षरण र विकासका लागि आउने गथ्र्यो । तर राजनीतिक परिवर्तन पछिको राजनीतिक विवादका कारण सात वर्षदेखि त्रिभुवन स्मारक पार्क व्यवस्थापन समितिको साधारणसभा समेत हुन सकेको थिएन ।

‘राजधानीबासीको आकर्षणको रुपमा पार्क रहेको भएपनि सम्बन्धित निकायले चासो नदिादा दिनप्रतिदिन अवस्था नाजुक बन्दै गएको पार्कमा रहेको त्रिभुवनको शालिकले एक बालकको ज्यान लियो ।
विक्रम सम्वत् २०२८ साल फागुन २ गते थानकोटको जमुना चौरलाई भित्रुवन स्मारक पार्कको रुपमा स्थापित गरिएको थियो । काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो चन्ऽागिरी पहाडको काखमा रहेको यो पार्क एक सय १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कमा त्रिभुवनको शालिक, बगैंचा, बनभोज स्थल, प्राचिन महत्व झल्काउने खालको कलाकृति, पोखरी, ढुंगेधारा तथा चौताराहरु छन् ।

सबैभन्दा उच्च स्थानमा रहेको फलामको सो शालिक मर्मत नभएकै कारण भुकम्पले भाचिएर ढल्यो ।
मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन आएपनि सम्पदाको संरक्षण गर्दै नयााको विकास गर्न सके राष्ट्रको समृद्धि बढ्न सक्छ तर, पुराना संरचनाको बेवास्ता तथा नया संरचना निर्माण गर्न नसके यसरी नै भत्किदै र बिग्रदै जाने मात्र हैन हाम्रा भावि पुस्ताले यसको निशाना हेर्न समेत पाउन सक्नेछैनन् । र यीनै संरचनाले मान्छेको ज्यान लिन सक्छ । शालिक ढल्दा ज्यान गुमाउन पुगेका ती बच्चाको आत्माले शान्ति पाओस् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी