काठमाडौं, वैशाख २३ । रोजगार अनुमति प्रणाली इपिएस भाषा परीक्षा सर्ने भएको छ । इपिएस कोरिया शाखाले आगामी जेठको ३० र ३१ गतेका लागि तय गरेको परीक्षा मिति सार्ने तयारी गरेको हो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण धेरै ठाउँमा क्षति पुगेकाले भाषा परीक्षा सार्ने तयारीमा रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।
आगामी आइतबार बस्ने बैठकले परीक्षा मिति सार्ने बारे औपचारिक निर्णय गर्ने बताइएके छ । भाषा परीक्षाका लागि देशभरबाट ५१ हजार ३ सयले आवेदन दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline