विराटनगरका युवाले सामूहिक रुपमा कपाल खौरिए

विराटनगरका युवाले सामूहिक रुपमा कपाल खौरिए

  • सोमवार, बैशाख २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ ,२१ वैशाख । भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिराटनगरका युवाले आज सामूहिक रुपमा कपाल खौरिएर मुण्डन गरेका छन् । लियो क्लब अफ बिराटनगर सेन्टरले भूकम्पमा परी ज्यान गुमाएकाहरुको १० औं दिनको पूण्यतिथिमा सामुहिक मुण्डनसहित श्रद्धाञ्जली सभा गरेको छ ।

जनआन्दोलन चोकमा आयोजित कार्यक्रममा लायन्स क्लब डिस्ट्रीक काउन्सिल ३२५ ए वानका सेक्रेटरी सुरेश कार्कीले केस मुण्डन , लायन्स क्लब ३२५ ए वानका डिस्ट्रिक गर्भनर भीम घिमिरे , भाइस डिस्ट्रिक गर्भनर लीला ढुंगेल क्लबमा आवद्ध युवा तथा सर्वसाधारणले केस मुण्डन पछि १ मिनेट मौनधारण गर्नुका साथै शोक पुस्तिकामा हस्ताक्षरसमेत गरिएको आयोजक क्लबका अध्यक्ष सुरज भट्टराईले जानकारी दिनुभयो

भूकम्पमा ध्वस्त भएको काठमाडौंको ९ तले धरहराको स्वरुपसमेत कार्यक्रममा प्रदर्शन गरिएको थियो । कार्यक्रममा बिराटनगरस्थित १२ वटै लियो क्लबका पदाधिकारीहरुको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी