काठमाडौँ १८ बैशाख ।
नेत्र बिक्रम चन्द ” विप्लव” नेतृत्वमा रहेको नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले १२६ औ मजदुर दिबशलाई भूकम्पको संकट संग समान गर्दै मनाउन सम्पूर्ण मजदुरहरुलाई आब्हान गरेको छ ।
महासंघका केन्द्रिय संयोजक योगेन्द्र कुमालले मजदुर दिबशको सन्दर्भमा एक बिज्ञप्ति प्रकासित गर्दै यस्तो बताएका छन्।
बिज्ञप्तिमा भनिएको छ अहिले हाम्रो देशमा आएको विनाशकारी भूकम्पले पुरै देश शोकमा डुबेको छ आजको सातौ दिन सम्म पनि भूकम्पका साना साना पराकम्पनहरु जाने क्रम जारी नै छ यो क्रममा लाखौ जनसमुदाय पिडित छन हजारौको ज्यान गुमेको छ र हजारौ घाइते छन्।
लाखौ परिवार घरबार बिहिन खाना बिहिन छन् अरबौको क्षति भएको छ यो क्रममा महासंघ भूकम्पबाट ज्यान गुमाएका नेपाली तथा बिदेशीहरु प्रति भाबपूर्ण श्रदान्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ पिडितहरुको तत्काल उद्दार र प्रभावकारी राहत तथा पुनर्स्थापनालाई तिब्र पार्न सम्बधित सबै लाइ हार्दिक अनुरोध गर्दछ।
बिज्ञप्तिमा अगाडी भनिएको छ अन्तरास्ट्रिय मजदुर दिबश बिस्वभरका मजदुरहरुले मनाइरहेका छन् तर हाम्रो सिंगो मुलुक र श्रमजीवी बर्ग विनासकारी भूकम्पको संकटबाट गुर्जिरहेको छ ।
यस महाविपत्तिको घडीमा १२६ औ मजदुर दिबशको स्मरण हामि ति लाखौ पिडित श्रमजीवी बर्ग लगायत आम नेपाली जनताको उपरोक्त संकटको सामना गरेर मात्र मजदुरहरुको संघर्ष र बलिदानको ऐतिहासिक दिनको सान्दर्भिक्ता पुष्टि हुने छ ।
त्यसैले भूकम्पद्वारा बेपत्ता पारिएका ज्यान गुमाउनेहरुको उद्दार पिडितहरुको प्रभाबकारी राहत जुटाउन जनसेवा विपत्तिको अशु र दुखमा सहकार्य सक्रिय सहभागिताको लागी देशभरिका विभिन्न पेशामा आबद्द आम श्रमजीबीबर्ग लगायत सबैलाई हार्दिक अपिल गर्दछौ ।
त्यस्तै महासंघले विपत्तिको घडीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय नियोग संघ सस्था र क्षिमेकि तथा मित्र देशहरुबाट भैरहेको सहयोग समर्थन र सहानुभूति प्रति हार्दिक धन्यबाद दिदै सक्दो बिस्वब्यापी सहयोगको अपेक्षा गरेको छ ।