उद्दार, राहत र सरसफाई अभियानमा विप्लव माओवादी

उद्दार, राहत र सरसफाई अभियानमा विप्लव माओवादी

  • बिहिबार, बैशाख १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौँ, १७ बैशाख ।

विप्लव नेतृत्वको नेकपा माओवादी भुकम्प पीडितको उद्दार, राहत र सरसफाईमा जुटेको छ । काठमाडौँमा उपलब्ध पोलिट्व्यूरो, केन्द्रीय समिति सदस्य र जबस तथा मोर्चाको संयुक्त रुपमा बसेको बैंठकको निर्णय अनुसार उसले राजधानी काठमाडौँ लगायतका क्षतिग्रस्त ठाउँमा उद्दार तथा राहत पुर्याउन अभियाना सुरु गरेको छ ।

केन्द्रीय सदस्यको नेतृत्वमा भुकम्पबाट प्रभावित जिल्लामा उद्दार र अन्य जिल्लामा राहत संकलनको लागि टोली खटाइसकेको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

 

भुकम्पपछि रोग फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बढि चाँप हुने स्थानको सरसफाई गर्ने निणर्य अनुसार विहीबार काठमाडौँको नयाँ बसपार्कमा सरसफाई समेत गरेको छ ।

पार्टी महासचिव विप्लवको नेतृत्वमा गरिएको उक्त सरफाईमा पार्टी कार्यकर्ता तथा सर्वसधारणको सहभागिता थियो । सरफाई कार्यक्रमको सुरुमा बोल्दै पार्टी प्रवक्ता प्रकाण्डले भूकम्प पीडितहरुको लागि उद्दार र राहतको लागि आफ्नो पार्टीले अभियान नै सुरु गरेको बताए । उद्दार र राहतसँगै सरफाईलाई अभियानकै रुपमा अगाडि बढाउने उनले सो अबसरमा बताए ।

‘भुकम्पपछि रोग फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै अहिले बढि चाँप भएको बसपार्कको सरफाई गर्न लागेको हौँ’ प्रवक्त प्रकाण्डले भने । उनले अगाडि भने, ‘हाम्रो पार्टी उद्दारमा कार्यमा जुटिरहेको सरकारी टोलीसँगै समन्व गर्दै उद्दार तथा राहत संकलनमा जुट्नेछ ।’ उनले पहिलो प्राथमिकता उद्दार त्यसपछि राहत र सरफाई रहेको बताए ।

 

भुकम्पपछि रोग फैलन नदिन स्वास्थ्य सचेतनासँगै सरफाईलाई पनि नेकपा माओवादीले अभियानकै रुपमा अगाडि बढाएको छ । आज काठडमौँको नयाँ बसपार्कको सफाई गरि सो अभियानको सुरु गरिएको छ ।

भुकम्पपछि बढि चाँप नयाँ बसपार्कमा भएकाले आफूहरुले पहिलो सफाई बसपार्कको गरेको अभियानको सुरुमा बोल्दै प्रवक्ता प्रकाण्डले बताए ।

 

सरसफाई अभियानलाई काठमाडौँको अन्य ठाउँसँगै राजधानी बाहिरका जिल्लामा पनि गरिने बताइएको छ । उसले आफू निकटका स्वास्थ्यकर्मीलाई भुकम्पपछि स्वास्थ्य समस्या उत्पन्न हुननदिने खटाएको माओवादीले जनाएको छ ।

 

उसले यसअघि जाजरकोटको महामारि नियन्त्रण गर्न करिव एक सय जना स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ । प्रवक्ता प्रकाण्डका अनुसार भुकम्प पीडितको राहतको लागि प्रभावित नभएका जिल्लामा राहत संकलन पनि सुरु गरिएको छ ।

संकलन गरिएको राहतलाई स्थानिय प्रसाशनको रोहबरमा पीडितलाई वितरण गरिने बताएको छ । नेकपा माओवादीले खोरखा र सिन्धुपाञ्चोकमा भुकम्प आएको भोलीपल्टै अर्थात आइतबारबाटै आफ्नो पार्टीलाई परिचालन गरिको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी