युवा समाज नेपाल र रेडियो मिर्मिरेबीच उद्धारका लागि सहकार्य

युवा समाज नेपाल र रेडियो मिर्मिरेबीच उद्धारका लागि सहकार्य

  • बिहिबार, बैशाख १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

बैशाख १७ काठमाण्डौं । राष्ट्रिय पीडित उद्धार परामर्श तथा युवा समाज नेपाल र रेडियो मिर्मिरेको स‘युक्त पहलमा विभिन्न भूकम्प प्रभावित क्षेत्रहरुमा श्वास्थ्य शिविर राखिने भएको छ ।
समाजका अध्यक्ष राजकुमार बस्नेतको नेतृत्वमा जाने टोलीले काभ्रे, सिन्धुपालचोक,दोलखा,गोरखा लगायतका जिल्लामा श्वास्थ्य शिविरहरु सञ्चालन गर्ने छ । यो शिविरको शुरुवात बैशाख १८ गते शुक्रबारबाट शुुरु हुने छ ।
साथै केही मण्डरी र खाद्य सामाग्री पनि वितरण गरिने समाजका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिनु भयो ।
राहतमा सहयोग गर्न चाहनेले समाजको कार्यलय वानेश्वर वा रेडियो मिर्मिरेको कार्यलयमा सम्पर्क राख्न सक्नु हुने छ ।
यसैबीच अमेरीकामा रहेका जो कोहीले यस अभियान मार्फत सहयोग गर्न चाहनुहुन्छ भने ९२९३४६९५७१ मा लाक्पा भुटिया शेर्पा ( कर्मा ) लाई सम्पर्क गर्न समाजका अध्यक्ष राज कुमार बस्नेतले आग्रह गर्नु भयो । यस्तै नेपालमा सम्पर्कका लागि ९८५११४७०६२ र ४७७१२२८ नम्बर उपलव्ध रहेको छ ।
यसैबीच  अध्यक्ष बस्नेतले भुकम्प आउने भन्दै हल्ला गरी आतकित बनाउने, चोरी गर्ने जस्ता गतिविधि बढेकाले सचेत रहन पनि आम समुदायलाई आग्रह गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी