काठमाडौँ १६ बैसाख ।
विप्लप नेतृत्वको नेकपा माओवादीले गोरखा जिल्लामा उद्धार कार्य सुरु गरेको छ । भुकम्प गएको ५ दिन वितिसक्दा समेत सरकारको कुनै संयन्त्र उद्धचारका लागि नपुगेको भन्दै विप्लप नेतृत्वको नेकपा माओवादीको युवा संगठन राष्ट्रिय यूवा जन स्वयम सेबक र भातृ संगठन अखिल क्रान्तिकारीले उद्दार कार्यको थालनी गरेको हो।
अखिल क्रान्तिकारीका कास्की जिल्ला संयोजक मिलन राई नेतृत्वको दश सदस्यीय उद्धार टोली १४ गते घटना स्थलमा गएको थियो भने जिल्ला सचिबालय सदस्य गोकुल पराजुलीको नेतृतवमा दुई दर्जन कार्यकर्ताको टोली राहत सहित हिजो गोरखा पुगेको हो ।
माओवादी कास्किका सेक्रेटरी पुर्नाजित पुनले रेडीयो मिर्मिरेलाई दिएको जानकारी अनुसार सो टोलिले गोरखाको बगुवा गाविस ५ स्थित क्षतिग्रस्त ५०० घरमा उद्धार कार्य थालेको छ ।
जस अन्तरगत क्षतिग्रस्त र निकै जाखिमपुर्ण घरहरुबाट त्यहाँको सबै सामाग्रि सुरक्षित स्थानमा पुर्याउने कार्य भईरहेको छ ।
टोलीले आज मात्रै विस्तापित करिव ५०० घरपरिवार लाई ३० बोरा चिउरा,त्यसैगरि चाउचाउ, विस्कुट र औषधि लगायतका राहत सामाग्री वितरण गरेको छ ।
उद्धारका लागी भोली सम्ममा अरु विभिन्न जिल्लाहरु बाट थप युवा र कार्यकर्ताहरु गोरखा पुग्ने समेत माओवादीले बताएको छ।