काठमाण्डौं बैशाख १५ । नेपालको कुनै पनि विपदमा उद्धारका लागि अग्रणी स्थानमा रहेर खट्ने सुरक्षा फौज नै हो ।
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले मृतकहरुको खोजी, फसेकाहरुलाई बचाउने, घाईतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउने राहत बाड्ने जस्ता सबै कार्यमा दिनरात काम गरीरहेका छन् ।
यद्यपि अझै पनि दुर्गम क्षेत्रमा उद्धार हुन सकेको छैन ।
गोरखा, सिन्धुपालचोक , रसुवा जस्ता क्षेत्रका दुर्गम क्षेत्रमा अझै पनि उद्धार टोली पुग्न सकेको छैन । चौतर्फी अस्तव्यस्तता र विध्वंशका कारण र कम जनशक्ति र स्रोत साधनका कारण पनि सजिलै उद्धार हुन सकेको देखिदैन । सेनाले आफ्नो ९० प्रतिशत जनशक्ति उद्धार र राहतका लागि खटाएको बताएको छ । सेना र प्रहरीका जवानहरुले प्राय: रातमा सुत्न समेत नपाएको देखिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline