गत शनिबार गएको विनाशकारी भूकम्पबाट पीडितहरुले राहत पाईरहेको र पाल लगायतका सामाग्रीहरु वितरण भईरहेको बताए पनि पीडितहरुले सजिलै यस्तो सामाग्री पाउन सकेका देखिएन । मिर्मिरे अनलाईन टिमले रिङ रोड सहित विभिन्न क्षेत्रमा पुगेर पीडितहरुसग‘ सोध्दा उनीहरु धेरै आफैले किनेको चिउरा , दालमोठ र चाउचाउको भरमा बाचेका छन् भने धेरैले पानी परेको अवस्थामा पनि त्रिपाल टेन्ट पाउन सकेका छैनन् । पीडित मध्य धेरैले प्रहरीको १०० नम्बरमा फोन गरी पाल र राहतको कुरा सोध्ने गरेका छन् । जहाबाट रेडक्रसले गरीरहेको भन्दै विभिन्न ठॉउ देखाउने गरेको र त्याहा पुग्दा पनि पाल पाउन नसकिएको कालिकास्थानका पीडितहरुले गुनासो गरेका छन् । यस विषयमा केन्द्रीत रहेर मिर्मिरे अनलाईन टिमले पाल यस कार्यलयबाट नभई रानी पोखरी स्थित महानगरीय प्रहरी आयुक्तको कार्यलयमा बाडीरहेको बताईयो । त्यस सो प्रहरी आयुक्तको कार्यलयमा ९८५१२८३०२७ नम्बरमा सम्पर्क गर्दा रेडक्रसले पाल लिएर गएको जानकारी आयो । उनीहरुले सिंहदरबार , स्वयम्भु वानेश्वर लगायतका क्षेत्रमा बाडेको भनियो । तर त्यही क्षेत्रमा पीडितहरु सबैले राहत पाएका छैनन् । रेडक्रसमा सम्पर्क गरी उसले दिएको ९८४१६२३७१० नम्बरमा सम्पर्क गर्दा फोन स्वीच अफ् गरिएको थियो । जिल्ला प्रशासन कार्यलयमा भने अहिले सम्म ४ हजार प्याकेट विस्कुट , २० बोरा नुन , ५० बोरा चिनी लगायतका राहत सामाग्री आज संकलन भएको छ । यसरी हेर्दा राहत सरकारले भने जस्तो राहत जनताले पाएका छैनन् । हिजो पानी पर्दा सिंहदरबारमा रुज्दै बसेका बालबालिका र वृद्ध वृद्धाहरुका लागि भन्दै पाल माग्दा समेत पाउन नसकिएको गुनासो पीडितहरुको छ । राहत मिडियामा प्रचार भए अनुसार मात्रै गरे सजिलो भई आफूहरुले दुख: नपाउने उनीहरुको सुझाव छ । विभिन्न संघ संस्थाले विभिन्न ठॉउमा खाने बस्ने व्यवस्था समेत गरेका छन् ।
जे होस् जनतालाई भाषण हैन आश्रम र माड चाहिएको छ त्यसमा सरकार र सबै क्षेत्र केन्द्रीत गरोस् ।