काठमाडौँ १२ बैशाख ।
प्रधानसेनापति गौरव शम्सेर जवरा आफ्ना पाकिस्तानी समकक्षी साहिल सरिफको निमन्त्रणामा अाज पाकिस्तानको साताव्यापी भ्रमणमा जाँदैछन् ।
प्रधानसेनापतिको पाकिस्तान भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुनका साथै दुई देशका सेनाबीचको सहकार्यले पारस्परिक सम्बन्ध विस्तारमा योगदान पुग्ने विश्वास नेपाली सेनाको छ ।
भ्रमणका क्रममा उनले पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन, रक्षा सचिव मुहम्मद अलामसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।
प्रधानसेनापति जवरा नेतृत्वको भ्रमण दलमा उपरथी सुन्दर पुडासैनी, सहायक रथी ईश्वर हमाल र सहसेनानी सुदर्शन बस्नेत छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline